सोमाली बालबालिकामा कुपोषणको समस्या थप बढ्ने युनिसेफको चेतावनी « Khabarhub

सोमाली बालबालिकामा कुपोषणको समस्या थप बढ्ने युनिसेफको चेतावनी


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले अफ्रिकी मुलुक सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ ।

कोषले त्यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएकी हुन् । उनले भनेकी छिन्– ‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ । यसैबीचमा केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ ।’

त्यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या सोमालियामा पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो ।

यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा हेर्नुपर्ने अवस्था रहेको पनि उनले बताइन् ।

कुपोषण देखा परेका बालबालिकामध्ये करिब चार लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ ।

यो अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

गएको जनवरीदेखि यतासम्मको तथ्याङ्कमा सोमालियाका सात सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ४५ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर