डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु « Khabarhub

 डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी प्राप्त भएको बताएका छन् ।

सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको थियो ।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ६ : ३९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर