बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा « Khabarhub

बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती महारानी एलिजावेथ द्वितीय अस्वस्थ भएकी छिन् । स्कटल्याण्ड भ्रमणका क्रममा बालमोरल दरबारमा रहेकी एलिजावेथ अस्वस्थ भएको बेलायती राजदरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘आज बिहान थप मूल्यांकनपछि महारानीका चिकित्सकहरु श्री ५ को स्वस्थ्यप्रति चिन्तित बनेका छन् र चिकित्सकको रोहबरमा रहन सल्लाह दिएका छन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘महारानी सहज हुनुहुन्छ र बालमोरल मै हुनुहुन्छ ।’

बेलायती संसदमा ऊर्जाबारे बहस भइरहेका बेला तल्लो सदन हाउस अफ कमन्सका सभामुख लिन्जी होयलले छलफलकै बीचमा सांसदहरुलाई महारानीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

यसअघि हिजो महारानीले प्रिभी काउन्सिलको अनलाइन बैठक रद्द गरेकी थिइन् । त्यसअघि मंगलबार उनलाई चिकित्सकहरुले ‘दिनभर’ आरा मगर्न सल्लाह दिएको बीबीसीले जनाएको छ ।

यता बेलायती चर्चका आर्चबिशपले पनि महारानीलाई सुवास्थ्यको कामना गरेको बीबीसीले जनाएको छ । हाल बालमोरल दरबारअगाडि महारानीको सुस्वास्थ्यको कामना गर्न ठूलो भिड जम्मा भएको जनाइएको छ ।

महारानीलाई भेट्न उनको परिवारका निकटस्थहरु बालमोरल दरबार पुगेको वा त्यसतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । ९६ वर्षीया महारानीको स्वास्थ्यलाई लिएर पछिल्लो समय चिन्ताहरु उत्पन्न भएको बताइन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : ०४ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)