पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते « Khabarhub

पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – बुधबार राति क्वेटाको खुरम–ए– दाद चोकमा अज्ञात मोटरसाइकल चालकहरूले ग्रेनेड प्रहार गर्दा एक महिला र एक नाबालिग बालिका सहित कम्तीमा सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको डनले रिपोर्ट गरेको छ । प्रहरी र अन्य कानून प्रवर्तन निकायका कर्मचारीहरू विस्फोटस्थलमा पुगेर घाइतेहरूलाई सिभिल अस्पतालमा लगिएको बताइएको छ । आक्रमणकारीहरू भने हालसम्म बेपत्ता छन् ।

कलानको इमामबारगाहको सुरक्षा गर्न खुरमए दाद चोकमा फ्रन्टियर कोरको चेक पोस्ट पनि रहेको थियो।

पाकिस्तानमा हालैका दिनहरूमा यस किसिमका आक्रमण र अराजकताका थुप्रै घटनाहरू सामना गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : २२ बजे

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक