रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा | Khabarhub Khabarhub

रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा – जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ ।

भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो । बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले हुलाकी मार्ग लुम्बिनीबाट ना४ख ४१२९ नम्बरको ट्रकसहित अवैध ६ सय ३८ बोरा चिनी बरामद गरेको छ ।

चिनी अवैध रूपमा ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा विजकसमेत जारी नभएको ती वस्तुसहित प्युठान माण्डबी गाउँपालिका–३, नयाँ गाउँका २४ वर्षीया विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ । थापा ट्रकका चालक रहेका छन् ।

यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रकाश सिग्देलको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा ना३ख६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद गरेको छ ।

सशस्त्रको टोली चेकजाच्मा पुग्दा चालक फरार भएपछि ट्रक सहित चामल नियन्त्रणमा लिएको हो । बरामद दुई वटा ट्रक, चिनी र चामल गरी अन्दाजी एक करोड ३८ हजार पाँच सय मुल्य बराबरको रहेको सूचना अधिकारी सिग्देलले जानकारी दिए ।

नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल र चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको छ ।

यसैगरी जल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि जिल्लाका विभिन्न स्थानबाट २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट अवैध चिनी र कपडासहित मिनी ट्रक, पिकअप र मोटरसाइकल सहितको सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको घरबाट अवैध लु३च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रकमा सहित १८६ बोरा चिनी बरामद गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ९ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ७ दिपनगरमा भारतबाट अवैध रूपमा भन्सार छली कपडाहरू लुकाई छिपाई राखेको अवस्थामा र इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ प्रदिपनगर स्थित अवैध रूपमा भन्सार छली चिनी ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल सहित चिनी नियन्त्रणमा लिएको छ ।

बरामद २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको सामान र मानिस सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : २७ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा