शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो : शिक्षामन्त्री पौडेल « Khabarhub

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो : शिक्षामन्त्री पौडेल


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन् ।

५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले आफ्ना मागहरुका बारेमा सम्वादबाटै सहमति र निकास खोज्न आह्वान पनि गरे । युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ ।
साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ४३ बजे

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी