भियतनामसँग पराजित हुँदै बाहिरियो नेपाल  « Khabarhub

भियतनामसँग पराजित हुँदै बाहिरियो नेपाल 


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ।

शुक्रबार राति नेपाल भियतनामसँग ५-० ले पराजित भयो। आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे।

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो।

समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ। नेपाल भने अंकविहीन छ। नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ३० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति