पश्चिमी भू–भागमा अझै तीन दिन वर्षा हुने « Khabarhub

पश्चिमी भू–भागमा अझै तीन दिन वर्षा हुने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा बदली आएको छ।

लगातारको वर्षा अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

हाल प्रदेश १ मधेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै भोलि र पर्सि पनि पश्चिमी भेगमा भारी वर्षा र बाँकी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ०३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर