मेमे पोखरी घुम्न गएका एक जनाको मृत्यु, एक बेपत्ता « Khabarhub

मेमे पोखरी घुम्न गएका एक जनाको मृत्यु, एक बेपत्ता


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपालीको महान् पर्व दसैँमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको र अर्को एक महिला सम्पर्कविहिन भएकी छन् ।

सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए। मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी श्रीमती श्रीमती लमजुङको बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए। उनीहरुसहित पाँच जना उक्त स्थान घुम्न गएका थिए ।

बाँकी तीनजना यतिबेला भेडीगोठमा बसिरहेका र उनीहरुको मौसममा आएको खसाबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो । सम्र्पकविहीत भएकी सर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन ।

शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिडेका र पछि पछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ४१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी