प्युठान पहिरोमा पुरिएका २ जनाको शव भेटियो « Khabarhub

प्युठान पहिरोमा पुरिएका २ जनाको शव भेटियो


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

प्युठान – पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनामध्ये दुई जनाको शव फेला परेको छ ।

प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा शुक्रबार स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो।

जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सुवास खड्काका अनुसार आज बिहान खोजतलास गर्ने क्रममा दुई जनाको शव फेला परेको हो ।उनकाअनुसार बमबहादुरकी श्रीमती र १८ वर्षीया मौसमी थापाको शव भेटिएको हो।

पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : २९ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि