जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु « Khabarhub

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको छ। उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरोमा बेपत्ता भएका सुरेन्द्र हमाल र गणेश बहादुर शाहीको खोजी भइरहेको छ । आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

सेना र प्रहरीसहितको टोली घटनास्थलतर्फ लागेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली