एमाले : भक्तपुर १ बाट नवराज, २ बाट महेश बस्नेतलाई टिकट « Khabarhub

एमाले : भक्तपुर १ बाट नवराज, २ बाट महेश बस्नेतलाई टिकट


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरूको नाम सार्वजनिक भएको छ।

सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन्। गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए। यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेतको नाम सार्वजनिक भएको छ। उनी पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ। यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ।

एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टि गरे। ‘तर यो नै फाइनल नहुन सक्छ’, उनले भने, ‘भोलि यसमा तलमाथि पनि पर्न सक्छ।’

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ११ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स