बाढी र डुबानले चार हजार परिवार विस्थापित « Khabarhub

बाढी र डुबानले चार हजार परिवार विस्थापित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खजुरा– अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार  परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्‍याएको छ । 

जिल्लाको डुडुवा गाउँपालिका-१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका-२ स्थित टिकुलीपुर गाउँका करिब तीन हजार र नेपालगञ्ज उपमहानगरपालिका–२० मा तीन सय, खजुरा गाउँपालिकामा एक सय, नरैनापुर गाउँपालिकामा चार सयजना परिवार विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

उनका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरू सबै सुरक्षित रुपमा आश्रयस्थलमा बसिरहेका छन् । राप्ती नदी पुल पारी बगर क्षेत्रमा फसेका तीनजनालाई प्रहरीको उद्धार टोलीले आज बिहान उद्धार गरेको छ । 

हिजो शुक्रबारदेखि विस्थापित भएकाहरूले खानासमेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले ड्राइफुट तयारी खाजाको व्यवस्थाका लागि तयारी सुरु गरिएको प्रजिअ खत्रीले बताए । प्रजिअ खत्रीका अनुसार विस्थापितहरूलाई उद्धार, व्यवस्थापन, तत्काल राहत लगायतका विषयमा छलफल गर्न १२ः३० बजे जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेकाहरूलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । रातिदेखि वर्षा रोकिएकाले राप्ती नदीको पानी बिस्तारै घट्न थालेको छ ।

जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधिहरू बताउँछन् । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ०४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल