बाह्रै महिना सिताके च्याउ « Khabarhub

बाह्रै महिना सिताके च्याउ


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

तानसेन– तानसेन नगरपालिका–८ मदनपोखराका कृषकहरूले बेमौसमी च्याउ उत्पादन सुरु गरेका छन् । गाउँका ६३ परिवारले सामूहिक रुपमा सिताके जातको च्याउ खेती गरेका हुन् । तीन रोपनी क्षेत्रफलमा चारवटा टनेल र एउटा चिस्यानघरमा च्याउ खेती गरेका छन् ।  

समूहले बेमौसममा च्याउको उत्पादन गर्न चिस्यानघरको निर्माण गरेको छ । सिताके च्याउलाई अत्यधिक चिसो चाहिने भएकाले तापक्रम व्यवस्थापन गरी बाह्रै महिना उत्पादन बढाउन चिस्यानघरले मद्दत पुगेको च्याउ उत्पादन समूहका अध्यक्ष सन्तोष पृथीले बताए । चिस्यानघरमा दुई हजार मुढा  राख्न सक्ने क्षमताको बताइएको छ । यसबाट प्रतिदिन चार हजार केजी च्याउ उत्पादन गरिएको समूहका अध्यक्ष सन्तोष पृथीले जानकारी दिए । तानसेन नगरपालिका र हेफरप्रोजेक्ट नेपालको ६ लाख र समूहका सदस्यहरूको एक लाख २० हजारमा चिस्यानघर निर्माण भएको हो ।

गाउँका २३ महिला र ४० पुरुषले १६ लाखको लगानीमा च्याउखेती सुरु गरेका गरेका थिए । ‘पाँच हजार कटुसको मुडामा दुई वर्ष अगाडि बीउ राखेका थियौँ, अहिले उत्पादन सुरु भएको छ’, अध्यक्ष पृथीले भने। कटुस जातको काठमा च्याउ फल्ने गर्दछ, डिभिजन वन कार्यालय पाल्पाको समन्वयमा सामुदायिक वनबाट काठ ल्याएर च्याउखेती गरिएको समूहका कोषाध्यक्ष गोपाल अर्यालले बताए । सामूहिक च्याउ खेतीले स्थानीयस्तरमा रोजगारीको सृजना गरेको छ । यो च्याउ प्रतिकेजी पाँच सयदेखि आठ सयसम्म बिक्री हुन्छ । उत्पादित च्याउको बजारमा बिक्रीको समस्या नभएको अर्यालको भनाइ छ । ‘नजिकको बजार तानसेन र बुटवलमै खपत हुन्छ’, उनले भने। 

च्याउ उत्पादनमा विषादीको प्रयोग हुँदैन । अर्ग्यानिक भएकाले बिक्री गर्न सहज छ । एउटा मुढाबाट एकदेखि दुई केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको मुढाले चार वर्षसम्म उत्पादन दिन्छ । ‘सिताके च्याउलाई क्यान्सरविरुद्ध भन्ने गरिन्छ । यसबाट प्रशस्त मात्रामा भिटामिन ‘डी’ पाइन्छ ।’ तानसेन नगरपालिका–८ का वडाध्यक्ष सोमनाथ अर्यालले भने,  ‘सिताके च्याउको माग अधिक छ । च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने सबैले बुझेका छन् ।’

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : १६ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर