आफूसँग भएको हातहतियार बुझाउन प्रशासनकाे अनुरोध | Khabarhub Khabarhub

आफूसँग भएको हातहतियार बुझाउन प्रशासनकाे अनुरोध


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।

जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचनपश्चात् फिर्ता हुने गरी ५ कार्तिक २०७९ भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको हो  । 

तोकिएको समयभित्र हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : ५५ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले