कांग्रेस र लोसपाका नेताहरू छलफलमा « Khabarhub

कांग्रेस र लोसपाका नेताहरू छलफलमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँडको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, ‘नेताहरु सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँडको टुङ्गो लगाएर मात्रै फर्किनुहुन्छ ।’

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । छलफलमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ४ : ०६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर