क्रिमियाली पुलमा भएको विस्फोटमा तीन जनाको मृत्यु « Khabarhub

क्रिमियाली पुलमा भएको विस्फोटमा तीन जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

मस्को – क्रिमियाली पुलमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिले जनाएको छ ।

बिस्फोटपछि क्रिमियाली पुलको रेल र सडक दुवै भागमा यातायात स्थगित गरिएको छ । बिस्फोटका कारण केर्च स्ट्रेटमा यात्रा गर्ने क्रममा मालवाहक रेलमा आगो लागेको थियो ।

“तमान प्रायद्वीपबाट आउँदै गरेको एउटा विस्फोटक पदार्थ राखिएको ट्रकमा आइतबार बिहान ६ः०७ बजे क्रिमियाली पुलको सडक भागमा विस्फोट भएको थियो । बिस्फोटका कारण क्रिमियाली प्रायद्वीपतर्फ जाँदै गरेको रेलको इन्धनको सातवटा ट्याङ्कीमा आगो लागेको थियो ।

‘बिष्फोटका कारण पुलको दुई भाग आंशिक रूपमा भत्किएको छ,’ रूसको राष्ट्रिय आतंकवाद विरोधी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिनुभएको छ ।

रसियाको फेडरल एजेन्सी फर सी एण्ड इनल्याण्ड वाटर ट्रान्सपोर्टका अनुसार केर्च स्ट्रेटपार गर्ने नेभिगेसन मार्गमा कुनै अवरोध आएको छैन ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ११ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६