जसपाले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार (सूचीसहित) « Khabarhub

जसपाले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार (सूचीसहित)


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

नेकपा ९एमाले०सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् ।

पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार हुनेछन्। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशमै दोहोरिएका छन् ।

त्यस्तै सङ्घीय मन्त्रीद्वय प्रदीप यादव पर्सा १ र मोहम्मद इस्तियाक राई बाँके २ बाट उम्मेदवार बन्नेछन् । पूर्वमन्त्री राजकिशोर यादव सिरहा २ का लागि उम्मेदवार बन्नेछन् ।

जसपाले टुङ्गो लगाएका उम्मेदवारको सूचीः

सुनसरी १ – अशोक राई

सप्तरी ३ (ख) – विदेश्वर यादव

सिरहा १ (ख) – राजकुमार गुप्ता

सिरहा २ – राजकिशोर यादव

सिरहा २ (ख) – विजय यादव

सिरहा ३ (ख) – रेणु यादव

सिरहा ४ – डा वीरेन्द्र महतो

सिरहा ४ (ख) – सुरेश मण्डल

धनुषा १ – दीपक कार्की

धनुषा १ (क) – सुकेश्वर यादव

धनुषा २ (क) – शैलेन्द्र यादव

धनुषा २ (ख) – रामअशिष यादव

धनुषा ३ (क) – जीतेन्द्र यादव

धनुषा ४ (क) – ज्ञानेन्द्र यादव

महोत्तरी १ (ख) – राम श्रेष्ठ महतो

महोत्तरी २ (क) – धर्मेन्द्र साह

महोत्तरी ३ – हरिनारायण यादव

महोत्तरी ३ (क) – दीपेन्द्र झा

महोत्तरी ४ – डा सुरेन्द्र यादव

महोत्तरी ४ (ख) – सरोजकुमार सिंह

सर्लाही १ – प्रमोद साह

सर्लाही १ (क) –––

सर्लाही २ (ख) – अशोक यादव

सर्लाही ३ (ख) – सञ्जय यादव

सर्लाही ४ – राकेश मिश्रा

सर्लाही ४ (ख) – उदयकान्त मिश्र

रौतहट १ (ख) – योगेन्द्र यादव

रौतहट २ (ख)–––

सर्लाही ३ क) – रामाश्रय चौघरी

सर्लाही ४ (ख) – शेष अबुल कलाम

बारा १ (ख) – सरोजकुमार यादव

बारा २ – रामसहाय प्रसाद यादव

बारा २ (ख) – बच्चा राउत अहिर

बारा ३ – रामबाबुकुमार यादव

बारा ३ (क) – भरत खड्गा

बारा ३ (ख)– पारसप्रसाद साह

बारा ४ (ख) – आत्माराम साह

पर्सा १ – प्रदीप यादव

पर्सा १ (ख)– लालबाबु राउत

पर्सा २ – सुरेन्द्र कुर्मी

पर्सा २ (क) – रामनरेश यादव

पर्सा ३ (ख) – डा मघु गुप्ता

पर्सा ४ (ख) – सिंहासन साह कलवार

बांके २– मो इस्तियाक राई ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ४६ बजे

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी