म्याग्दीमा यातायात सेवा ठप्प « Khabarhub

म्याग्दीमा यातायात सेवा ठप्प


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प भएको छ । जिल्ला सदरमुकाम बेनी बजारदेखि छिमेकी मुस्ताङ जोड्ने बेनी–जोमसोम, बेनी–दरबाङलगायत म्याग्दीका मुख्य र सहायक सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

वर्षात्का कारण पहिरो खसेर सडक अवरुद्ध बनेका बेनी–दरबाङ सडकका सवारी चालक दिल शेरपुञ्जाले बताए । जलेश्वर, बैसरी, नौनीबगर, जलथले, गुइँठे, रुप्से र काभ्रेभिरको सडकका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटकलाई पनि समस्या भएको छ ।

विगतका वर्षमा दसैँलगत्तै मुस्ताङ घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । यसपाली सुनसान छ । आएकालाई मुस्ताङ पुग्न र फर्कन सास्ती भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक फापरखेत, सिम र बाङ्गे पहिरोमा अवरुद्ध भएको छ ।

दसैँ मनाउन जन्मथलो पुगेका कार्यक्षेत्र फर्कन र आफन्त तथा माञ्यजनबाट टीका आर्शिवाद लिन हिँडेका गन्तव्यमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बिरामीलाई पिठ्यँु र डोकामा बोकेर अस्पताल पु¥याउनुपरेको मालिका–२ रुमका टेकबहादुर रसाइलीले बताए ।

ठाउँठाउँमा गाडी परिवर्तन गर्न र तोकिएकोभन्दा महँगो भाडा तिर्नुपरेको मालिका गाउँपालिका–७ बिमकी सुभद्रा पौडेलले बताए ।

सामान्य अवस्थामा दुई घण्टा लाग्ने ठाउँमा पुग्न पूरै दिन हिँड्नुपरेको र प्रतिव्यक्ति रु पाँच सय भाडा लाग्ने गरेकामा रु एक हजारभन्दा बढी तिर्नुपरेको यात्रुले गुनासो गरेका छ । असोज १९ गतेदेखि सुरु भएको झरी आज दिउँसोमात्र रोकिएको छ । झरी रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले डोजर परिचालन गरेर सडक मर्मत थालेको जनाएका छन् ।

यसैबीच म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा अवरुद्ध भएको विद्युत् सेवा पाँच दिनपछि शनिबारदेखि सञ्चालन भएको छ । पहिरो र रुख ढलेर अवरुद्ध भएको विद्युत् लाइन मर्मत गरेर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् अभावमा ग्रामीण क्षेत्रमा फोन सेवा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल