कैलालीमा बाढीका कारण पाँच सय बढी मानिस विस्थापित « Khabarhub

कैलालीमा बाढीका कारण पाँच सय बढी मानिस विस्थापित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका वस्तिमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस विस्थापित भएका उनले बताए ।

जोशीका अनुसार भजनी–२ स्थित पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका कम्तिमा १ सय २५ घरमा काँडा नदीको बाढी पसेको छ । बस्तिमा बाढी पसेपछि त्यहाँका नागरिक स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा बसेका छन् ।

यसैगरी भजनी– ७ को शिविर टोलमा कान्द्रा नदीको बाढी पस्दा करिव ४० घर डुवानमा परेका छन् । तर त्यहाँका नागरिक भने हाल सम्म विस्थापित नभएका जोशीले बताए ।

यसैगरी भजनी–८ स्थित खल्ला टोलमा पथरिया नदीको बाढी पस्दा कम्तिमा ८० घर डुबानमा परेका छन् । ती क्षेत्रका नागरिक हुलाकी सडकमा त्रिपाल गाडेर बसिरहेका जोशीले बताए । यसैगरी वडा नम्बर– ३ मा आकासे पानी जमेर कम्तिमा ८० घर डुवानमा परेका छन् । सो क्षेत्रमा नागरिक पनि अहिले हुलाकी सडक खण्डमा त्रिपाल टाँगेर बसिरहेका प्रबक्ता जोशीले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३९ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ