डेनमार्कको कतार विश्वकप टोली तयार « Khabarhub

डेनमार्कको कतार विश्वकप टोली तयार


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ।

प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन्। ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन्।

इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए। फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए। यसपछि उनि इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए। यसपछि युनाइटेड पुगेका हुन्।

त मार्चमा अन्तर्राष्ट्रिय खेलमा फर्कदै इरिक्सनले नेदरल्यान्ड्सविरुद्ध गोल गरिसकेका छन्।

डेनमार्कको टोलीमा नियमित कप्तान सिमोन केजाएरले स्थान बनाएपनि लेस्टर सिटी डिफेन्डर जानिक भेस्टरगार्ड र आरबी लाइपजिगका स्ट्राइकर युसुफ पाउल्सेन भने समावेश हुने छैनन्।

समूह डी मा रहेका डेनमार्कले २२ नोभेम्बरमा ट्युनिसियासँग खेल्दै विश्वकप सुरु गर्नेछ। यसपछि साविक विजेता फ्रान्स र अस्ट्रेलियासँग खेल्नेछ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : २४ बजे

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा