आफूले १५ हजार मतान्तरले चुनाव जित्ने मन्त्री पौडेलको दाबी « Khabarhub

आफूले १५ हजार मतान्तरले चुनाव जित्ने मन्त्री पौडेलको दाबी


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए । 

प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरु संविधान विरोधी भएको समेत बताए  । 

बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेको मन्त्री पौडेलले भने, ‘पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरूले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।’

पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उनको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १ : ०८ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको