'संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको' | Khabarhub Khabarhub

‘संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको’


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकी छिन् ।

पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका-१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४  को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्ने उनले बताइन् ।  

यस्तै वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का साझा उम्मेदवार सागर केसीले आफूहरूको जित नै सिङ्गो अर्घाखाँचीको जित हुने धारणा व्यक्त गरे । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडि परेको आरोप लगाए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवतीप्रसाद भुसाल, डाक्टर रामबहादुर विसी,  बालकृष्ण पाण्डे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुरकुमार बिक, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर  चौहान, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापा लगायतले मन्तव्य राखेका थिए । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ५९ बजे

 बेनीका सात विद्यालयको कक्षा घटुवा

म्याग्दी–  म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून

वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको काम रोकियो

 नवलपरासी– निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम

महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली

 अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने

 काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।