मैले जिते मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ : गगन थापा | Khabarhub Khabarhub

मैले जिते मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ : गगन थापा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले देशको नेतृत्व परिवर्तनका लागि काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् । काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गरे । ‘राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए । तर राजनीतिक यथार्थता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदीय दलको चुनाव हुनेवाला छैन् । यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन नहुने बताए । 

उनले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताए । उनले भने, ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ । त्यसका लागि त लडाइ लड्ने मान्छे पहिला चाहियो । मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाइ होला । यहाँ सिधै प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ । पहिला संसद्मा जितेर जानुपर्छ ।’

केन्द्रीय सदस्य तथा कांग्रेस बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक मधु आचार्यले थापाको नेतृत्वमा मुलुक परिवर्तन सम्भव रहेको जिकिर गरे । उनले थापा मुलुक परिवर्तनको भिजनसहित अगाडि आएकाले साथ आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : २६ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्