तराई मधेस जनता पार्टीद्धारा निर्वाचन बहिष्कार « Khabarhub

तराई मधेस जनता पार्टीद्धारा निर्वाचन बहिष्कार


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै तराई मधेस जनता पार्टी (टाइगर्स)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको छ । भैरहवामा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ०७५ सालमा सरकारसँग भएको ११ बुँदे सम्झौता अझै कार्यान्वयन नभएको, तराई मधेसका मुद्दाहरू यथावत रहेको, मधेशवादी दलले पनि मधेशका मुद्दा बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त भएको  उसले आरोप लगाएको छ ।

पार्टीका सचिव मेजर पाण्डेले तराई मधेशको मसिहा दाबी गर्नेहरूले तराई मधेशका मुद्दा उठाउनु पर्ने, मधेशी युवालाई सहिद बनाउँदै मुख्य मुद्दालाई बिर्सेर स्वार्थमा लागेको, मधेशका लिडर नभई डिलर बनेको आरोप लगाए । 

उनीहरू सपना र आश्वासन बाढेर स्वार्थ पूरा गर्न सिंहदरबार गएको बताए । ‘सरकारको आग्रहअनुसार वार्ताबाट शान्ति प्रक्रियामा आए पनि सरकारले वास्ता गरेको छैन, निर्वाचन आयोगमा दर्ता भएर निर्वाचनमा जाने इच्छा हुँदाहुँदै माग सम्बोधन नभएकोले बहिष्कार गरेका छौं,’ उनले भने । आफूहरू शान्तिपूर्ण रुपमा अन्य दलले जस्तै राजनीति गर्न खोजेको र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने उनले बताए ।

पार्टीले कार्यकर्तामाथि लागेको झूठा मुद्दा खारेज गर्न, सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, फरार सूचीबाट हटाएर देशमा शान्तिपूर्वक बस्ने वातावरण मिलाउन, सुकुम्बासी समस्या समाधान गर्न, नागरिकताको समस्या समाधान गर्न, भ्रष्टाचारीको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्न, संविधान संशोधन गर्न, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न, मधेशमा स्वाधीनता लागू गर्न, एमसिसी खारेज गर्न, किसानको समस्या समाधान गर्न, देशको कार्यकारिणी प्रमुख प्रत्यक्ष जनताको मतदान द्वारा चुन्न र  बेरोजगारीलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ । 

पार्टीका केन्द्रीय सदस्य ध्रुव शर्माले मधेशवासीको अधिकारमाथि घात गरी सात लाखभन्दा बढी नागरिकलाई नागरिकताबाट बञ्चित गराएकोले र सुकुम्बासी समस्या समाधान गर्न पहल नगरेकोको निर्वाचनलाई बहिष्कार गरेको बताए । 

यो पर्टीले २६ मंसिर ०७१ मा सरकार समक्ष हतियार बुझाई शान्तिवार्ता पश्चात १५ भदौ ०७५ मा गृह मन्त्रालयमा ११ बुँदे शन्ति सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ५० बजे

उदयपुरमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र