युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारको मृत्यु | Khabarhub Khabarhub

युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारको मृत्यु


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का क्षेत्रीय निर्देशकले बताएका छन् ।

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको बताएका हुन् ।

युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ । विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ५६ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी