गर्भावस्थामा खाली पेटमा चिया खानु हुँदैन « Khabarhub

गर्भावस्थामा खाली पेटमा चिया खानु हुँदैन

'एक घण्टामा तीन पटक बच्चा चल्नु पर्दछ'



गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो । गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्ने चिकित्सकले बताएका छन् । त्यसैले यसै सामान्य गर्भावस्थामा के के खाना खाने कसरी हेरचाह गर्ने त ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह गर्ने त ? लगायतका विषयमा आधारित भएर खबरहबका लागि गाइनोक्लोजिष्ट डा. सम्पदा मिश्रसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

अहिले सामान्य गर्भावस्थामा कस्ता–कस्ता समस्या देखा परेका छन् त ?
सामान्य गर्भावस्थामा बान्ता हुने, तल्लो पेट दुख्ने, पिसाबमा इन्फेक्सन हुने हुन्छ ।

यस्तो समस्याको कसरी उपचार गराउनु हुन्छ ?
गर्भवतीमा नजिया र बान्ता छ भने सुरुको अवस्थामा बिहान उठेर पानी, दूध, चिया खानु हुँदैन । किनभने त्यो बेला ग्यास्ट्रिक मोटालिटी घटेर बिरामीलाई लगातार समस्या हुन्छ । त्यसैले त्यो बेला हामीले बिरामीलाई बिहान उठेर खालि पेटमा ड्राइफुड, रोटी बिस्कुट खाने र त्यसपछि पानी चिया खाने र थोरै थोरै गरेर समय समयमा खाना खानु भनेर हामी सल्लाह दिन्छौँ । तीन महिनासम्म फोलिक एसिड खाने र त्यसपछि आइरन र क्याल्सियम १ ग्राम खानु पर्दछ । त्यसपछि हामीले १८ देखि २२ हप्ताको बिचमा एनोमोलि स्क्यान गर्छौँ । त्यो भनेको बच्चाको हात खुट्टा, नाक आँखा मुख राम्रोसँग विकास भएको छ कि छैन हेछौँ । त्यो हेरेर रगत जाँच हुन्छ त्यसले पनि बच्चा ठिक छ कि छैन भनेर थाहा हुन्छ । पहिलो बच्चा छ भने दुई पटक टिटानासको सुई लगाउनु पर्दछ । दोस्रो बच्चा छ र ५ वर्ष भन्दा मुनिको छ भने एउटा टिटानासको सुइले पुग्छ । हैन बच्चा ५ वर्ष भन्दा माथिको ५ भने दुई वटा टिटानासको सुई लगाउनु पर्दछ ।

गर्भमा भएको बच्चा ठिक छ कि छैन भनेर घरमा नै कसरी थाहा पाउने त ?
दोस्रो बच्चा छ भने १८ देखि १९ हप्तामा बच्चा चल्न थाल्छ । पहिलो बच्चा छ भने २१ देखि २२ हप्तामा चलेको थाहा हुन्छ । एक घण्टामा तीन पटक बच्चा चल्नु पर्दछ ।

साधारण गर्भावस्थामा खानेकुरा नमिलेर नै हो बान्ता हुने ?
खाना नमिलेर पनि हुन्छ तर खानेकुरा मिलेर पनि हुन्छ । त्यसलाई हामीले हाइपर हाइपरेडमिसेस ग्याबिटेरीयम भन्छौ । त्यसमा युरिन एसिटोनहरु हेरेर पोजेटिभ छ भने अस्पतालमा भर्ना नै गर्नु पर्दछ । औषधि राखेर इन्जेक्सन लगाएर उपचार गर्नु पर्दछ । रिपोट हेरेर निको भएपछि डिस्चार्ज गरिदिन्छौँ ।

देखिने समस्या सबैमा एउटा लागु हुने हो ?
सबैमा फरक हुन्छ, कसैमा हुन्छ तर कसैमा हुँदैन । कति जना महिला मलाई केही लक्षण नै छैन वान्ता पनि छैन । म गर्भवती छु कि छैन भनेर आफै पनि सोध्न आउनु हुन्छ ।

सामान्य गर्भावस्थामा के गर्नु पर्दछ ?
सबैले फोलिक एसिड खानु पर्दछ । अहिले धेरैले ढिलो विवाह गर्ने हुँदा फोलिक एसिड खाएर योजना गर्दा हुन्छ । एक पटक गर्भवती भएपछि सुगर रक्तचाप, थाइराइड, पिसाबको जाँच, रगतको समूह जाँच गर्नु पर्दछ ।

सामान्य भनेर घरमा नै बस्दा कस्तो जोखिम निम्त्याउँछ ?
धेरै वान्ता भयो भने बिरामी डिहाइजेसनमा जानसक्छ । कमजोरी भएर ढल्न सक्छ र जाँच गर्दा गर्भ भएको असर गर्दछ । अस्पतालमा भर्ना गर्दा सबै कुरा मिलेको छ भने बच्चालाई असर गर्दैन ।

यो योजना बनाइरहनु भएकोमा के सन्देश दिन चाहनु हुन्छ ?
योजना बनाउनु भन्दा दुई महिना अगाडिदेखि फोलिक एसिड खानु राम्रो हो । एकपछि अल्ट्रासाउन्ड गर्दा हुन्छ । १२ हप्तामा एन्टिस्क्यान गर्नु पर्दछ ।

गर्भावस्थामा कस्तो खाना खाने ?
स्वस्थ खाना र फलफूल खाने, बाहिरका खाना र धेरै चिल्लो पिरो नखाने, सामान्य दैनिक व्यायाम गर्नु पर्दछ । धेरै बेडरेस्ट गर्नु हुँदैन । दैनिक सामान्य कामहरू गर्दा धेरै समस्या हुँदैन । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : ३१ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण