महाऔषधीय गुण भएको अदुवा खानुका फाइदाहरु « Khabarhub

महाऔषधीय गुण भएको अदुवा खानुका फाइदाहरु

रगत सफा गर्नेदेखि रुघाखोकीबाट छुटकारा दिनेसम्म


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली घरमा अत्यन्त कम किचनहरु छन्, होला जहाँ अदुवा नै नहोस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महाऔषधीसमेत भन्ने गरिएको छ । अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ । जाडोमा धेरै रुचाईने अदुवाका फाईदा :

ब्याक्टेरियासँग लड्छः अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।

रेडिकल्स नष्ट गर्छ : शरीरमा पैदा हुने फ्रि रेडिकल्सलाई निस्तेज गर्न पनि अदुवाले सहयोग गर्छ । यस्ता रेडिकल्सले हाम्रा कोशहरुमा नोक्सान पुर्याउँछन् । दुखाई हटाउँछ ।

अदुवाको प्रयोगले हड्डी तथा जोर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथरोगहरुबाट पनि हामीलाई टाढा राख्न सहयोग गर्छ ।

रगत सफा गर्छ : अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।

पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ :  अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।

खोकी कम गर्छ : अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसले सहयोग गर्छ ।

दुखाइ कम गर्छ : अदुवाले हाम्रो रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ११ : ०७ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन