यःमरी पुन्हिको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईको शुभकामना « Khabarhub

यःमरी पुन्हिको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईको शुभकामना


२२ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन्। विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो। त्यसैले एकअर्काको भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो।’

मुख्यमन्त्री राइले हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : ५० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६