पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना « Khabarhub

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना


२२ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन्। डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन्। संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो।

अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए। तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए। उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ। ६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताइन्, जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ।

सपथ ग्रहण गरेपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन्। ‘मैले के अनुरोध गर्छु भने अहिले देश बचाउने समय हो’, उनले भनिन्।

बुधवार नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गरे।कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गरेका थिए।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र