पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना « Khabarhub

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन्। डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन्। संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो।

अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए। तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए। उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ। ६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताइन्, जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ।

सपथ ग्रहण गरेपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन्। ‘मैले के अनुरोध गर्छु भने अहिले देश बचाउने समय हो’, उनले भनिन्।

बुधवार नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गरे।कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टाअघि कांग्रेस भंग गर्ने प्रयास गरेका थिए।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : २० बजे

कुवेतले रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीलाई देश निकाला गर्ने

दोहा – कुवेतले सबै रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता

पौडीको शक्ति बन्दै क्यानडा

१६ वर्षीय समर म्याककन्टोसले चार सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान

कांग्रेस त्यागेका वाग्ले रास्वपाबाट उम्मेदवार

काठमाडौँ – अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव