वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु | Khabarhub Khabarhub

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एकजना गम्भीर घाइते भएको जनाएको छ। तर स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले शहरको मुख्य चौकमा आक्रमण गरी तीन प्यालेस्टाइनी लडाकूहरू तारिक अल–दमेज, सिद्दकी जकार्नेह र अत्ता शालाबीलाई मारेको जनाएको छ ।

घटनापछि थुप्रै प्यालेस्टाइनी लडाकुहरू र इजरायली सैनिकहरू बीच व्यापक गोली हानहान भएको जनाएका छन् । तीन प्यालेस्टाइनी लडाकुको हत्याको विरोधमा शहरमा प्यालेस्टिनी गुटहरूले शोक घोषणा गरेका छन्।

आधिकारिक तथ्याङ्कले जनवरीदेखि गाजा पट्टीमा २१३ प्यालेस्टाइनी मारिएको देखाएको छ। अधिकांश प्यालेस्टिनीहरू उत्तरी वेस्ट बैंक शहर जेनिन र नाब्लसमा मारिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ८ : १६ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको