किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी « Khabarhub

किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सप्तरी- ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो ।

टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बल खेल्दै १ सय रनको योगफल खडा गरेको थियो । सिरहाका लागि चन्द्रिका साहले २१ र शोभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तका रूपमा पाएका थिए ।

बलिङतर्फ सप्तरीका साक्षी यादवले सर्वाधिक ३ विकेट लिइन् । सप्तरीकी अञ्जुकुमारी प्रमाणीले २ विकेट तथा सङ्गीताकुमारी यादव, राधाकुमारी यादव र दीपिका सिंहले १र१ विकेट हात पारे ।

जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर विजय हात पारेको थियो । सप्तरीका लागि सरस्वती कुमारी यादवले सर्वाधिक १७ रन, साक्षीकुमारी यादवले १२ रन जोडेका थिए । सप्तरीकी अञ्जुकुमारी प्रमाणी अविजित आठ रन तथा सङ्गीताकुमारी यादवले अविजित ६ रन बनाएकी थिइन् । बलिङतर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुनले १र१ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच सप्तरीकी साक्षीकुमारी यादव घोषित भएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए । उक्त अवसरमा डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव र राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरे ।

यसैगरी सबल नेपालका अध्यक्ष जुना गिरी, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम चौधरी, कार्यक्रम निर्देशक प्रभुनारायण चौधरी, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रवणकुमार देव, सिरहा क्रिकेट सङ्घ अध्यक्ष सुनिल महासेठ, मेलबर्न क्रिकेट क्लबकी लेबल थ्री कोच सारा बेगलगायतले विजेता, उपविजेता टिमलाई कप, मेडल तथा मायाको चिनोबाट सम्मान गरे ।

उक्त अवसरमा ग्रामीण भेगका किशोरीबीचमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतनाको अभाव हुनाले महिनावारी स्वच्छताबारेमा विभिन्न सन्देशमूलक सामग्री प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ९ : ४६ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी