भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान | Khabarhub Khabarhub

भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मनाङ– “चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्छन्।

“पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु”, उनले भने, “यी पशुको माया लाग्छ, छोडेर कहीँ जान सक्दिन । यिनैको मायाले यही पानी तताएर खुवाउँदै बसेको छु ।” भेडाच्याङ्ग्रा र चौँरीसहित गोठाला बेँसी झरिसकेका उनी बताउँछन्। उनको गोठमा अहिले ६५ चौँरीलगायत भेडाच्याङ्ग्रा गरी ७० पशु रहेका छन् ।

नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, “वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट बेँसी झर्छन् यहाँका स्थानीयवासी । अबको एक सातामा पूरै गाउँ रित्तिन्छ ।”

मनाङका अधिकांश स्थानीयवासी पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बँेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । उहाँले अब चैत पहिलो साता मात्रै लेक चढ्ने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ११ : ०२ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज