ओमानमा कार्यरत १३५ जनाभन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

ओमानमा कार्यरत १३५ जनाभन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण



दोहा– पछिल्लो समय ओमानमा कोरोना संक्रमण बढेसँगै त्यहाँ कार्यरत १३५ भन्दा बढी नेपाली कामदारको नि:शुल्क  स्वास्थ्य परीक्षण गरिएको छ ।

गैरआवासीय नेपाली सोसल क्लब ओमानका अनुसार त्यहाँको सोहार तथा सलालाह शहरहरुमा नि:शुल्क स्वास्थ्य परीक्षण सेवा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्यहाँ कार्यरत १३५ भन्दाबढी नेपालीहरुको उत्साहजनक रूपमा उपस्तिथि रहेको कार्यक्रम सोहार शहरमा “रिफ हलाब हल” तथा सलालाह शहरमा “लाइफ लाइन हस्पिटल” भित्र आयोजना भएको थियो ।
उक्त नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम लाइफ ल‌ाइन हस्पिटल ओमानको सहकार्यमा गरिएको थियो । साथै, सोहार शहरमा त्यहाँस्थित नेपाली दूतावासबाट घुम्ती सेवा पनि उपलब्ध गराईएको नेपाली सोसल क्लब ओमानले जनाएको छ ।
यसअघि पनि नेपाली सोसल क्लब ओमानले त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : १० बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा