एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा « Khabarhub

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा विजयी भएका हुन् । उनले २ सय ३८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वीद्वय बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताए ।

उपाध्यक्षमा विश्रामप्रसाद चौधरी ३ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १ सय ६६ मत पाए । सचिवमा चन्द्रबहादुर गहतराज २ मतले निर्वाचित भए। विवाद भएपछि पुन: गणना भएको थियो । गहतराजले १ सय ७८ मत प्राप्त गर्दा विश्व कार्कीले १ सय ७६ र भेषराज पाण्डेले १ सय ६० मत पाए।

सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिव पदमा सुशीला दर्लामी भने निर्विरोध निर्वाचित भएकी थिइन् ।

शनिवारदेखि मतदान प्रक्रिया सुरु भएपछि खुला सदस्य, ८ पालिकाको भूगोलतर्फको सदस्य निर्विरोध चयन भएको निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताए । कुल ५ सय ५२ प्रतिनिधि मध्ये ५ सय २७ मत खसेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ३२ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा