एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा « Khabarhub

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा विजयी भएका हुन् । उनले २ सय ३८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वीद्वय बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताए ।

उपाध्यक्षमा विश्रामप्रसाद चौधरी ३ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १ सय ६६ मत पाए । सचिवमा चन्द्रबहादुर गहतराज २ मतले निर्वाचित भए। विवाद भएपछि पुन: गणना भएको थियो । गहतराजले १ सय ७८ मत प्राप्त गर्दा विश्व कार्कीले १ सय ७६ र भेषराज पाण्डेले १ सय ६० मत पाए।

सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिव पदमा सुशीला दर्लामी भने निर्विरोध निर्वाचित भएकी थिइन् ।

शनिवारदेखि मतदान प्रक्रिया सुरु भएपछि खुला सदस्य, ८ पालिकाको भूगोलतर्फको सदस्य निर्विरोध चयन भएको निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताए । कुल ५ सय ५२ प्रतिनिधि मध्ये ५ सय २७ मत खसेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ३२ बजे

महिलाको नाममा भू–स्वामित्व बढ्दै

रसुवा – मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

बनेपा – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक

सुदूरपश्चिम सरकारको नीति कार्यक्रम आज प्रस्तुत हुने

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत

बीबीसीद्वारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड 

नयाँ दिल्ली– ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले भारतलाई ६४ करोड रुपैयाँ

‘राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणीकरण गरेको