जगजित दुई वर्षपछि बन्द प्रशिक्षणमा « Khabarhub

जगजित दुई वर्षपछि बन्द प्रशिक्षणमा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी राष्ट्र मौरिससविरुद्ध हुने दुई मैत्रिपूर्ण खेलका लागि जगजित श्रेष्ठ र आशिष राई राष्ट्रिय फुटबल टोलीमा थप हुँदा सन्तोष तामाङ भने बाहिरिएका छन् ।

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोटका कारण नियमित सदस्य समेत रहेका त्रिभुवन आर्मी फुटबल क्लबका सन्तोषलाई बाहिर राख्दै आर्मीकै जगजित र च्यासल यूथ क्लबका आशिषलाई थप गरेका हुन् ।

आशिषले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका हुन् भने सन् २०१३ यता राष्ट्रिय टोली बाहिर रहेका जगजित सन् २०१९ यता बन्द प्रशिक्षण बाहिर थिए ।

जारी सहिद स्मारक ए डिभिजन लिगमा आर्मी क्लबको प्रतिनिधित्व लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जगजित टोलीको बन्द प्रशिक्षणमा पुनरागमन गरेका हुन् । आधा दशक यता जगजित सह परिवार अष्टे«लयामा बस्दै आएका छन् ।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग दशरथ रंगशालामा १५ र १८ माघमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीः

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, सत्र घन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक विष्ट, अञ्जन विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरूङ, देवेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डांगी, नवीन गुरूङ, नितिन थापा, पुजन उपरकोटी,सुभाष गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ४३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था