जगजित दुई वर्षपछि बन्द प्रशिक्षणमा « Khabarhub

जगजित दुई वर्षपछि बन्द प्रशिक्षणमा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी राष्ट्र मौरिससविरुद्ध हुने दुई मैत्रिपूर्ण खेलका लागि जगजित श्रेष्ठ र आशिष राई राष्ट्रिय फुटबल टोलीमा थप हुँदा सन्तोष तामाङ भने बाहिरिएका छन् ।

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोटका कारण नियमित सदस्य समेत रहेका त्रिभुवन आर्मी फुटबल क्लबका सन्तोषलाई बाहिर राख्दै आर्मीकै जगजित र च्यासल यूथ क्लबका आशिषलाई थप गरेका हुन् ।

आशिषले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका हुन् भने सन् २०१३ यता राष्ट्रिय टोली बाहिर रहेका जगजित सन् २०१९ यता बन्द प्रशिक्षण बाहिर थिए ।

जारी सहिद स्मारक ए डिभिजन लिगमा आर्मी क्लबको प्रतिनिधित्व लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जगजित टोलीको बन्द प्रशिक्षणमा पुनरागमन गरेका हुन् । आधा दशक यता जगजित सह परिवार अष्टे«लयामा बस्दै आएका छन् ।

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग दशरथ रंगशालामा १५ र १८ माघमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीः

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, सत्र घन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक विष्ट, अञ्जन विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरूङ, देवेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डांगी, नवीन गुरूङ, नितिन थापा, पुजन उपरकोटी,सुभाष गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ४३ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको