नेपाल बङ्गलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन  | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन 


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’लाई अवलम्बन गर्दै नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयताको बारेमा विद्यार्थीहरूलाई जानकारी गराएको बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ०० बजे

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम

लगानीसम्बद्ध एकीकृत निकाय, लगानी दशक र स्थानीय उत्पादन अभिवृद्धि माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घले आ.व. २०८२/८३ को बजेटमा

जाजरकोट कारागारमा थुनुवा मृत फेला

सुर्खेत– जाजरकोट कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका