चिसोमा सावधानी नअपनाए स्ट्रोकको खतरा हुनसक्छ « Khabarhub

चिसोमा सावधानी नअपनाए स्ट्रोकको खतरा हुनसक्छ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले बदलिँदो जीवनशैलीका कारण धेरै व्यक्तिमा उच्च रक्तचापको समस्या बढेर गएको छ । जाडोमा त झन् रक्तचाप उच्च हुने समस्या बढ्दै जाँदा विभिन्न शारीरिक समस्या आउने गर्दछ । जाडोको समयमा अरू समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने, टाउको दुख्ने हुन सक्छ । जाडोमा पानी पनि कम पिउनाले स्ट्रोक पनि हुन सक्छ ।

स्ट्रोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षाघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ । यो समस्या अरू समयमा भन्दा जाडोमा बढी हुने चिकित्सक बताउँछन् ।

बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, बिहानको घुमफिरमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षाघात, दीर्घ रोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ । अझ धेरै मानिसमा उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिने गर्दछ ।

स्ट्रोकबाट बच्न बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका पिल्स, सुई, कपर्टी नरपलान्टलगायतका साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने गर्नुपर्छ । चिसोमा अचानक बेसरी टाउको दुखे, बान्ता भए वा रक्तचाप उच्च भए तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ४६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते