चिसोमा सावधानी नअपनाए स्ट्रोकको खतरा हुनसक्छ « Khabarhub

चिसोमा सावधानी नअपनाए स्ट्रोकको खतरा हुनसक्छ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले बदलिँदो जीवनशैलीका कारण धेरै व्यक्तिमा उच्च रक्तचापको समस्या बढेर गएको छ । जाडोमा त झन् रक्तचाप उच्च हुने समस्या बढ्दै जाँदा विभिन्न शारीरिक समस्या आउने गर्दछ । जाडोको समयमा अरू समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने, टाउको दुख्ने हुन सक्छ । जाडोमा पानी पनि कम पिउनाले स्ट्रोक पनि हुन सक्छ ।

स्ट्रोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षाघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ । यो समस्या अरू समयमा भन्दा जाडोमा बढी हुने चिकित्सक बताउँछन् ।

बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, बिहानको घुमफिरमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षाघात, दीर्घ रोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ । अझ धेरै मानिसमा उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिने गर्दछ ।

स्ट्रोकबाट बच्न बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका पिल्स, सुई, कपर्टी नरपलान्टलगायतका साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने गर्नुपर्छ । चिसोमा अचानक बेसरी टाउको दुखे, बान्ता भए वा रक्तचाप उच्च भए तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ४६ बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड