सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान आज « Khabarhub

सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान आज


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।

इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो। आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिए। उनका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन ।

विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा अवतरण गरेको थियो । ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ ।

विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : २६ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको