सौताको हत्या आरोपमा महिला पक्राउ « Khabarhub

सौताको हत्या आरोपमा महिला पक्राउ


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छन् ।

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र मुखमा चोट थियो । नारुले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : १४ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६