अमेजनलाई ६० करोडमा फिल्म ‘लाइगर’ को डिजिटल राइट « Khabarhub

अमेजनलाई ६० करोडमा फिल्म ‘लाइगर’ को डिजिटल राइट


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’ लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’ का कारण चिन्दछन् । जुन फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।

फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको पनि अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवै जना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।

फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

हालै मात्र निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका छन् ।

उनीहरूले ६० करोड रुपैयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्ने छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ३१ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते