लुम्बिनीका तीन जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधि « Khabarhub

लुम्बिनीका तीन जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधि


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाईले रोगको उच्च जोखिममा रहेको छ । सरकारले हात्तीपाईले रोगको जोखिममा रहेका जिल्लाको पहिचान गरी आगामी २८ गतेदेखि औषधि सेवन अभियान शुरु गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय दाङले विगत ११ वर्षदेखि हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान संचालन हुँदै आएको जनाएको छ । दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेकाले बाह्रौँ पटक आम औषधी सेवन अभियान संचालन गर्नु परेको कार्यालयको भनाई छ । कार्यालयका प्रमुख अंगदबहादुर शाहीले नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौती देखिएको बताए।

यस पटकबाट मानिसको उचाई अनुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन हुने बताए । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उनले बताए ।

सन् २०३०सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उनको भनाई थियो ।

जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।

यसपटक पनि जिल्लाको सिसहनियामा ३१४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाईले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तिमा २ प्रतिशतभन्दा कम गर्नु पर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३०बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ ।

यसअघि सन् २००१, २००५ र २०१२मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदायस्तरमा फैलिइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ, कपिलवस्तु, बाँके, कैलाली लगाएतका जिल्लामा यस अघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सक्रमण यथावत् रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ३३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका