लिभरपुल क्वाटरफाइनलमा « Khabarhub

लिभरपुल क्वाटरफाइनलमा


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १-० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले अवे खेलमा मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २-० को जित हात पारेको थियो । योर्गान क्लोपको टोली समग्रमा २-१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

६१औं मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।

त्यसको दुई मिनेट पछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो । इन्टर यसअघि सन् २०१०-११ मा क्वार्टरफाइनल र २०११-१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २० बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास