साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली « Khabarhub

साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली



दोहा – साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई  गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो ।

रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका ३ जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ ।

दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानका अनुसार कम्पनीको उजुरीको आधारमा पक्राउ परेका उनीहरु विगत ३ महिनादेखि जेल जीवन बिताइरहेका थिए । साउदी सरकारसँगको समन्वयमा एकै पटक यति ठुलो संख्याका नेपालीलाई जेल मुक्त गरी स्वदेश फर्काउन सफल भएको उनले बताए ।

यसरी स्वदेश फर्किनेहरू सबैलाई साउदी सरकारले हवाई टिकट उपलब्ध गराएको हो । स्वदेश फर्किनेहरूमा कुशल नोनिया, प्रकाश सहनी, सीतल प्रसाद मुखिया, राम सेवक मुखिया, जौतिक माली ,सुरेश महतो, दुर्गा बहादुर बिके, राम उमेश शाह, मुकेश शाह, वसन्त सुनार र राम नाथ प्यासी रहेका छन् ।

यसै गरी, आशाराम मुखिया, रामकुमार यादव, ललन राय अमट, अमिर धिमाल, बिक्रम सुनार, सुदन दराई, राजेन्द्र भण्डारी, राम पुकार मुखिया, डम्बर यादव, मनोज कुमार दास, गर्भु ठाकुर, निरन खत्बे, मजिबुल नदाफ, विजय नेपाली, हरिजन कौलेश्वर, राज किशोर पासवान, सुरेश यादव, बिरवल दाहाल र पोम बहादुर सारु मगर रहेको उनले बताए ।

एक हप्तामै १३ हजार ७ सय ७१ जना पक्राउ

एक हप्ताको अवधिमै १३ हजार ७ सय ७१ जना गैर कानुनी रूपमा कार्यरत विदेशी कामदारहरूलाई प्रकाउ गरेको छ । त्यहाँको राहदानी महानिर्देशनालयकाअनुसार एक हप्ताभित्र विभिन्न ठाउँबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

गत २४ फेब्रवरीदेखि २ मार्चसम्म सुरक्षा निकायका विभिन्न एकाइ र राहदानी महानिर्देशनालयले संयुक्त फिल्ड अभियान चलाएको थियो । त्यसक्रममा रेसिडेन्सी ऐन उल्लंघन गर्ने ७ हजार १६३, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ५ सय ४२ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६६ जनालाई पक्राउ गरिएको हो।

सीमा पार गर्न खोज्दा १५० जना पक्राउ परेका थिए। जसमध्ये ४६ प्रतिशत यमनी, ४२ प्रतिशत इथियोपियाली र १२ प्रतिशत अन्य देशका थिए । २ सय ३७ जनालाई देशको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ गरिएको थियो । उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ८ जनालाई पनि पक्राउ गरेको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

हाल साउदीले भिसाको म्याद सकिए पनि (गैर कानुनी रूपमा) लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी अभियान चलाएरै सयौँ नेपालीहरूलाईसमेत पक्राउ गरेको र हाल उनीहरूलाई जेलमा राखिएको बुझिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ३४ बजे

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं– एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली– भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

मुम्बई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी–  स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल जारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि काठमाडौंको