संसद्बाट एमसीसी पास भएर एउटा नौलौ प्रयोग भएको छ । यसको मजबुत पक्ष के रह्यो भने नेपाली कांग्रेसले सुरुवातदेखि अन्तिमसम्म जुन नेतृत्व र प्रतिबद्धता जनाएको छ । एकदम प्रशंसा योग्य छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय प्रतिबद्धता चाहिन्छ । सरकारले अन्तर्राष्ट्रिय समुदायमा विश्वासनीयता देखाउनु महत्वपूर्ण कुरा हो भन्ने कुरा नेपाली कांग्रेसले ख्याल गरेको छ । यस कार्यमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो भूमिका छ ।
गगन थापा र भीम रावलबीचको जुन भाषण थियो । अब गगन थापाले भविष्यमा प्रधानमन्त्रीको लागी स्थान सुरक्षित गरेको जस्तो लाग्छ । त्यही अनुसारको आफुलाई प्रस्तुत गरेको र व्याख्यात्मक शब्दको पनि लबिङ गरेकोमा अन्तर्राष्ट्रिय समुदायमा राम्रै छाप परेको जस्तो लाग्छ । अर्को पाटो भन्नुपर्दा उच्चस्तरीय राजनीतिक बैठकहरुमा पनि देउवाले अगाडि सारेको हुनाले गगन थापाले नेपालमा राम्रै खालको राजनीतिक छाप बनाएका छन् ।
एमसीसी यसरी गिजोलिनुको मुख्य कारण सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालबाट झुटा समचार सम्प्रेषण हुनु हो । यो विश्व भरीको समस्या हो । यूरोप, एसियासम्म हेर्ने हो भने झुटा कुराहरु लेख्ने, ट्वीट गर्ने देखिन्छ । अहिले मान्छेको दिमागमा यस्तो खालको विष बसेको छ की एमसीसीको बारेमा जति राम्रा कुराहरु भनेपनि त्यसले उनीहरुको दिमागमा सकारात्मक बुझाई ल्याउँदैन ।
एमसीसीको प्रोजेक्टले ज्ञान, सक्रियता र अभ्यास यी तीन वटा चिज गरे जस्तो लाग्छ । जनताहरुमा स्तरिय ढाँचा कस्तो हुन्छ ? अन्तर्राष्ट्रिय इनिसिएसनमा भन्ने कुराको उर्जागर गरेको छ । यस्तो खालको ढाँचा हुन्छ, अन्तर्राष्ट्रिय कानुन लाग्छ, त्यसमा कुनै पनि देशको कानुन लाग्दैन भन्ने खालका कुराहरु छ ।
र कम्युनिष्टहरुको गएको सत्तरी वर्षलाई हेर्दा यिनीहरुको तरिका के छ भने, सन् १९५४ मा नेपालले अमेरिकासँग टेक्निकल असिस्टेन्टमा सम्झौता गरेको रहेछ । जुनमा आधारभुत शिक्षामा सघाउने भन्ने कुराहरु उल्लेख थियो । यसको ठिक एक महिना पछि अमेरिका सूचना केन्द्र अगाडि पाँच हजार कम्युनिष्टहरुले विरोध गरेको रहेछ । यसमा अमेरिकाले नेपाली कर्मचारीलाई घुस खुवाएर चीनविरुद्ध प्रयोग गर्छ भन्ने उल्लेख गरेको छ ।
त्यसबेला कम्युनिष्टहरुको डीएनएमा कार्लमाक्स, लेलिन, माओत्सेतुङहरुको विचार भएको हुनाले प्रजातान्त्रिक देशहरुले गरेको विषयमा विरोध गरिहाल्नु पर्छ भन्ने कुरा त्यँहादेखि आएको रहेछ, यसको निरन्तरता हुन्छ । एमसीसी पास नगर्ने भन्ने कुराहरु आएको थियो । जसमा चीनले बोल्यो भन्ने विषयमा कता कता भूराजनीतिक रुपमा असर गर्ने हो की, अथवा प्रजातान्त्रिक मुलुकहरुसँग ‘कोल्ड वार’हरु सुरुवात हुने हो कि जस्तो लाग्छ ।
सबैभन्दा चुनौतिपूर्ण अवस्था भनेको कार्यान्वयनको चरणमा हो । जसरी विरोधी पक्षहरु परिस्थितीलाई हस्तक्षेप गर्न नसकेपनि ग्राउण्डमा गएर बिगार्न सक्ने सम्भावनाहरु बढि देखिएको जस्तो लाग्छ । मानिसहरुले एमसीसीलाई युक्रेनसँगको घटनालाई जोडेर झुटा सूचनाहरु पनि फैलाइरहेको देखियो । एमसीसी सन् २००६ देखि २००९ सम्म थ्रेसहोल्ड प्रोग्राम युक्रेनले पाएको रहेछ । एमसीसी भनेको अमेरिकी प्रोजेक्ट हो र युक्रेनलाई रसियाले हस्तक्षेप गरिरहेको छ भन्ने कुरा मान्छेहरुलाई बुझाउन सकिएको छैन ।
एमसीसी नेपाल भनेको एउटा विकास समिति जस्तै हो भन्ने बहसको सुरुवात गरेको छ । राष्ट्रियता र देश भक्तिबीचमा पनि ठुलो बहस चल्ने छ । प्रजातान्त्रिक मुलुकलाई विरोध गरेर राष्ट्रवादी हुने हो की देशभक्ति हुने हो भन्ने कुराहरु पनि आएको छ । अर्थ मन्त्रलयका कुराहरुमा ‘नन–एयरलाइन्ट’ नीतिहरुको कुराहरु आउँछ । नेपालको परिवर्तित भू–राजनीतिमा नेपालले आफ्नो वैदेशिक नीतिलाई पुनर्विचार गर्नुपर्छ । समग्रमा भन्नुपर्दा देश एउटा ठूलो दुर्घटनाबाट जोगिएको छ । अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास कायम राखेको छ ।
मलाई लाग्छ, भविष्यमा प्रजातान्त्रिक मुलुक वा प्रजातान्त्रिक विचार धाराका मानिसहरुमा कुनै पनि किसिमको आक्रमण हुन सक्छ । यसको लागि तयार हुनुपर्छ । एमसीसीले राजनीतिक दलहरुमा जुन किसिमको नाटक देखाएको छ, त्यो एकदम चाख लाग्दो छ । अमेरिकाले नेपालको कम्युनिष्ट नेतृत्वहरुलाई के दबाब दियो भने, ‘मेरो कुरा स्वीकार पनि गर, पास पनि गर, जनतालाई मुख पनि देखाऊ’ भन्ने खालको कुरा भयो । अनि उहाँहरुले पनि के भन्नुभयो भने ‘हामीले अमेरिकालाई नि झुक्यायौँ, कस्तो ट्याक्टिस दिएको’ भन्ने खालका कुराहरु गरिएको छ ।
व्याख्यात्मक प्रस्तावमा समेटिएका बुँदालाई अमेरिकाले मान्छ कि मान्दैन भन्ने कुरा आएको छ । मैले सुने अनुसार अमेरिकाले ‘ग्रीन सिग्नल’ दिएर यो अगाडि बढेको हो । अन्त्यमा, नेपालमा प्रजातान्त्रिक कमिटी हाबी भएको छ । आँउदो चुनावमा के हुन्छ हेर्न नै बाँकी नै छ । समग्रमा भन्नुपर्दा आजका दिनहरुमा प्रजातान्त्रिक पार्टीले नेतृत्व गरेकोमा खुसी लागेको छ ।
(एमसीसी संसद्बाट अनुमोदन भएपछि कार्यान्वयनमा लैजाने विषयमा पन्तले राखेको धारणाको सम्पादित अंशः)
प्रस्तुती : पासाङ लामा ह्योल्मो
प्रतिक्रिया