एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित | Khabarhub Khabarhub

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ ।

एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख-उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।

‘पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ’, जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।’

यस्तै पार्टीलाई बुझाउनुपर्ने लेबीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : ४३ बजे

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज–  सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद– पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा

नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो 

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२-८३ बिहीबारबाट सुरु भएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने