भक्तपुरको चाँगुनारायण नगरपालिका स्मार्ट घोषणा | Khabarhub Khabarhub

भक्तपुरको चाँगुनारायण नगरपालिका स्मार्ट घोषणा


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मङ्गलबार स्मार्ट पालिका घोषणा गरिएको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्‍याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए ।

नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पुर्‍याउन लिइएको अपेक्षा पूरा गरेको छ, अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ ।’

स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै सङ्घीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए ।

त्यस अवसरमा नक्सा शाखाका अरूण भण्डारीले नगरपालिकामा विगत दुई वर्षदेखि काम गरिरहेको जनाउँदै नगरपालिकाका सबै सडक, टोल, चोकको नामाकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए ।

कार्यक्रममा अभिनेत्री एवं स्मार्ट पालिकाकी ब्राण्ड एम्बेसडर सुरक्षा पन्तले स्मार्ट पालिका झन्झटिलो नभएको र नागरिकमैत्री भएको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ०० बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा